काठमाडौं- आइतबार साँझ अचानक आएको हावाहुरीका कारण बारा र पर्साका २७ भन्दा बढीको ज्यान गएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुको अहिले बारा र कलैयाका अस्पतालमा उपचार भइरहेको छ। घाइते धेरै भएका कारण अस्पतालमा बिरामीलाई प्यासेजमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ।
बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले अधिकांश अस्पताल र क्लिनिकहरु घाइतेहरुले भरिभराउ रहेको जानकारी दिए।
प्रदेश २ को मन्त्रिपरिषद् बैठकले आइतबार साँझ हावाहुरीबाट घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
तस्बिर : कमलेस मन्डल र मनिष यादवको फेसबुकबाट