काठमाडौं – मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका ४, ५, ६ र ७औं तहका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्यो। त्यसको दोस्रो दिनदेखि समायोजन प्रक्रियामा भएका त्रुटि सच्याउन सूचना जारी भयो। त्रुटि सच्याउने समय वैशाख ५ गते सम्मको मिति तोकिएपछि देशभरीका स्वास्थ्यकर्मीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा संघिय तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्ना गुनासो दर्ता गराइरहेका छन्।
शुक्रबार बिहान मन्त्रालय जाँदा मन्त्रालय कर्मचारी आफ्नो गुनासो दर्ता गर्न फारम बोकेर कति महिला काखेबच्चासहित लामबद्ध थिए। गुनासो गर्दैै थिए, ‘श्रीमान् र श्रीमतीलाई छुट्टाछुट्टै ठाउँमा परिदियो। अब बच्चा कसले हेर्छ ?’ कोही सेवा निवृत्त हुने समयमा समायोजन गर्दा नेपाल–भारतको सीमामा पठायो भन्दै गुनासो पोख्दै थिए। कसैलाई भने आफू जुन पदबाट प्रवेश गरिएको थियो, त्यही पदमा समायोजन गरिएको भन्दै आक्रोशित थिए।
गुनासो दर्ता गर्न आएका अधिकांश स्वास्थ्यकर्मीहरुको एउटै गुनासो थियो– समायोजन विभेदपूर्ण भयो। ‘कर्मचारीलाई दुःख दिने काम गरेको छ स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई खलाँसीको रुपमा हेरेको छ। प्रशासनको कर्मचारी जानेबेलामा दुइ गे्रड एक तहमाथि र समायोजन गरेको छ,’ उनीहरु भन्दै थिए।
केही कर्मचारीको माग भनेको स्वास्थ्यको अर्गानोग्राम पुन बनाउनुपर्छ भन्ने थियो । समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गर्न आउनेहरुका भनाइः
कठक बहादुर महत, स्वास्थ्य कार्यलय कालीकोटमा कार्यरत
२०४६ सालमा जुन पदमा सेवा प्रवशे गरेको थिएँ । त्यही पदमा समायोजन गरिएको छ । तह पनि, पद पनि त्यही छ। यो भन्दा ठूलो अन्याय केही हुन सक्दैन । कालिकोटमा ८,१० जना स्वास्थ्यकर्मीहरु ५० वर्ष भन्दा माथिको उमेरका छन्। उनीहरुको सेवाअवधि धेरै छैन तर समायोजनको नाममा उहाँहरुलाई सिराहा, सप्तरी पारिदिएको छ। उहाँहरु जाने कि जागिर छोड्ने अन्योलमा पर्नु भएको छ।
तह र पद घटुवा भएर समायोजन भएकोमा निकै ठूलो अन्याय लाग्यो । हामीहरुलाई समायोजनले विभेद ग¥यो । त्यसैले न्याय माग्न काठमाडौँ आएको छु। हिजो निवेदन दर्ता गरियो।
देशका कुनाकाप्चमा जनताको नजिक भएर सेवा दिने स्वास्थ्यकर्मीहरु विभेद गरिएको छ। यस्तै अवस्था भयो भने यो देशको स्वास्थ्य स्थिति के हुन्छ अनुमान गर्न पनि गाह्रो छ। नीति निर्माण तहमा बसकाहरुले समायोजन प्रक्रियामा बुझ्नुपर्ने कुरा हो । एउटै प्रक्रियामा भएका मानिसलाई फरफरक तरिकाले समायोजन गरीएको भेटिएको छ।
चक्र बिष्ट, सुदूरपश्चिमम प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यलय, आछम
यो समायोजनले म जस्तै देशभरका अन्य साथीहरुलाई न्याय दिन सकेन। यस्तै रवैया देखायो भनेर निति निमार्णमा बस्ने मान्छेहरुले संघीय लोकतान्त्रल पनि धरापमा पर्ने देखिएको छ।
यदि संघमा नै राखेर कर्मचारीहरु पहिचालन गरेको भए केही राहत महशुस गर्ने थिए।
दुर्गा आचार्य, कालिकोट
१० वर्ष देखी अहेवा पदमा कार्यरत छु। अहिले सहायक ५ औँ तहमा स्तर वृद्धि भएको छ। समायोजनमा फर्म कालिकोटको गाउँपालिकामा भरेको थिएँ तर सिराहा नगरपालिकामा समायोजन गरिदियो। कालिकोटको मान्छे सिराहामा समायोजन ? म यो समायोजन हो भन्न सक्दिन । मेरो बुझाईमा यसलाई पेलेर गरेको सरुवा भन्छु । हामी कालिकोटको ५,७ जना ५औँ तहका साथीहरु छौँ । सबैलाई सिराहमा समायोजन गरिदिएको छ। समायोजनको नामा टपक्क टिपेर त्यहाँ फालिदिएको छ। समायोजन सही तरिकाले भइदिएको भए हजारौँ साथीहरु काठमाडौँ गुनासो गर्न आउँदैन थिए होला । पिडित छौँ यो समायोजनले। साथीहरु आउने क्रम जारी छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सबै तस्बिर र भिडियो : निमेष जंग राई