काठमाडौँ – एसोसिएसन अफ क्लिनीकल प्याथोलोजिष्ट नेपाल (एसिपिएन)को २ दिने सेमिनार आजदेखि सुरु भएको छ। हेमाटोलोजी अर्थात रगत रोग सम्बन्धी हुने समिनारमा ४ देशका १३ वक्ताहरुले आफ्नो प्रस्तुति दिँदैछन् भने १ सय २५ जना सहभागीहरु रहेका छन्।
एसोसिएसनकी उपाध्यक्ष डा रुणा झाले हेमाटोलोजीसम्बन्धी नयाँ–नयाँ अनुसन्धान तथा विषयमा अपडेट हुनलाई यो सेमिनार आयोजना गरिएको बताइन्।
उनका अनुसार रगत सम्बन्धी रोगहरु जस्तै रगतको रोग नयाँ वर्गीकरण, प्रसुति अवस्थामा हुने रगत रोगहरु, रगत जम्ने समस्या, रगत सम्बन्धी क्यान्सर आदि विषयवस्तुहरु सेमिनारमा प्रस्तुत हुनेछन्।
त्यसैगरी यही अवसरमा एसोसिएसनका सचिव डा सुजन शर्माको संयोजकत्वमा रोयल कलेज अफ प्याथोलोजिष्ट युके र एसिपिएन बिच सम्झौता हुने भएको छ। शर्माको अनुसार यस सम्झौताले नेपाली प्याथोलोजिष्टहरुलाइै शैक्षिक सहायताका साथै तालिमको अवसर पनि प्रदान गर्नेछ।