काठमाडाैं - पार्किन्सन्स् नेपालले रोटरी क्लब अफ राजधानीको सहकार्यमा 'रन फर पार्किन्सन्स्' नामक दाैड कार्यक्रम गर्ने भएकाे छ। कार्यक्रम आगामि शनिबार हुनेछ।
एभरेस्ट बैँक र कर्मतारा रेसिडेन्सी प्रायोजक रहेको साे कार्यक्रममा सहभागीहरुले नेपाल टुरिजम बोर्ड भद्रकालीदेखि सिंहदरबार, माइतिघर हुँदै बानेश्वर पुगेर सोही रुट फिर्ता भइ जम्मा ५ किलोमिटर दौडिने छन्।
नेपालमा पार्किन्सन्स रोगको चेतना फैलाउन याे संस्थाले गरेको तेश्रो दौड हो।
२७ अप्रिलका दिन बिहान ७ बजे नेपाल टुरिजम बोर्डमा जम्मा भइ सो दौड सुरु गरिने आयाेजकले जनाएकाे छ।
अप्रिल महिनालाई संसारभरी पार्किन्सन्स रोगको चेतना फैलाउने महिनाका रुपमा लिइन्छ।