काठमाडौं- गुल्मी जिल्लाको मुसीकोट नगरपालिका–४, दजाकोटमा फैलिएको झाडापखाला नियन्त्रणमा आएका छ। दजाकोटमा वैशाख १० गतेदेखि झाडापखाल फैलिएको थियो।
स्वास्थ्य कार्यालय गुल्मी र मुसीकोट नगरपालिको ¥यापिड रेन्पोन्स टिमसहित स्वास्थ्यकर्मीको टोली आवश्यक औषधि रोग नियन्त्रण तथा व्यस्थापन गर्न परिचालन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हालसम्म १ सय ६७ जना झाडापखालाका बिरामीको उपचार भइसकेको र गत १४ गते १२ वर्षीय बालकको झाडापखालाको कारण मृत्यु भएको बताइएको छ।
महाशाखाले ६ जना बिरामीलाई जिल्ला अस्पताल गुल्मीमा रिफर गरिएको र १ जना बिरामीको चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार भइरहेको जनाएको छ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले सो क्षेत्रको मुहानको पानीको नमुना संकलन गरी जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा परीक्षण गर्दा प्रशस्त मात्रामा कोलिफर्म देखिएको बताए।
गुल्मी अस्पतालमा पाँच जना बिरामीको जाँच गर्दा इन्टामिवा हिस्टोलाइटिका परजीवी देखापरेको बताइएको छ।
अन्य बिरामीकोे दिसा र पानीको नमुना संकलन गरी थप परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ल्याउन लागिएको निर्देशक लालले जानकारी दिए।
बिरामीहरुको स्थानीय स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको छ। हाललाई स्थानीयहरुले खानेपानीको वैकल्पिक मुहान प्रयोग गरिरहेको र पानी उमालेर खान सल्लाह तथा सुझाव दिइएको बताइएको छ।