काठमाडौं- प्रा. डा. रोशना अमात्यको आत्मकथा 'चिकित्सा– क्षेत्रकी नारी म : सङ्घर्ष र सन्तुष्टिको जीवन' सार्वजनिक भएको छ। डा अमात्यले एनेस्थेसियोलोजिष्टको हैसियतमा गरेका कामहरु आत्मकथामा उल्लेख गरिएको छ।
चिकित्सा क्षेत्रमा विगतदेखि अहिलेसम्मको विकासक्रम उनले यसमा उल्लेख गरेकी छिन्। महिला चिकित्सकका रुपमा भोगेका दुःख, दर्द, सङ्घर्ष, पेशाप्रतिको समर्पण, काम र पारिवारिक दायित्वबीचको सन्तुलन जस्ता विषय किताबमा समेटिएका छन्। चिकित्सा अनुभवलाई उनले आत्मकथामा प्रस्तुत गरेकी छिन्।