दार्चुला– दार्चुलाको बिकट मालिकार्जुन गाउँपालिका– ३ का रुद्रसिंह धामीले मालिकार्जुन स्वास्थ्य चौकीको भवन निर्माणका लागि साढे ४ रोपनी जग्गा दान गरेका छन्।
मालिकार्जुन गाउँपालिका– ३ का वडाध्यक्ष समेत रहेका ७६ वर्षीय धामीले स्वास्थ्य चौकीका नाममा ४ साढे चार रोपनी जग्गा नामसारी गरेर दिएको सोही स्वास्थ्य चौकीका प्रमुख हेअ दिपकप्रसाद पन्तले जानकारी दिए।