पर्सा– भोलेन्टियर कोर नेपालको आयोजनामा जिल्ला उचांगल रामदेव कलवार माध्यमिक विद्यालय पर्सामा दुई दिने निःशुल्क क्यान्सर शिविर सम्पन्न भएको छ । यही वैशाख ३ र ४ गते शिविर सञ्चालन गरिएको हो।
भोलेन्टियर कोर नेपालका स्रोत व्यवस्थापन अधिकृत सन्तोष यादव, काठमाडौं क्यान्सर सेन्टर भक्तपुरका रेडियो थेरापिष्ट राकेश झा, नेपाल परिवार नियोजन संघ बनेपाका रुपा श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीको सहयोगमा सम्पन्न भएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय पर्सा, नगरपालिका कार्यालय पोखरीया, नगरीय प्रहरी वृत पोखरीया, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला उचांगल माध्यमिक विद्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, काठमाडौं क्यानसर सेन्टर भक्तपुर समन्वयन कार्यक्रम गरिएको थियो।
कार्यक्रममा १ सय ८६ जना क्यान्सर बिरामीहरुलाई निःशुल्क सेवा दिइएको थियो। यसका सागै औषधि, परामर्श, सरसल्लाह तथा भिआए समेत गरिएको थियो।