काठमाडौं– कंगारु एजुकेसन फाउन्डेसनले १२औँ वर्ष प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
कंगारुको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको कंगारु फाउन्डेसनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए।
वार्षिकोत्सवको अवसरमा संस्थाले काठमाडौँ गहनापोखरीस्थित हार्ट बिट संस्थाका ३० जना विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरी सामान पनि वितरण गरेको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।