काठमाडौं– राष्ट्रिय मिडवाइफ्री तेस्रो सम्मेलन वैशाख २१ र २२ गते काठमाडौंमा हुने भएको छ। मिडवाइफ्री सोसाइटी अफ नेपालले उक्त सम्मेलन आयोजना गर्न लागेको हो।
‘मिडवाइफहरु : सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकारको पैरवीकर्ता’ भन्ने नाराका साथ मनाउन लागिएको मिडवाइफ दिवसको अवसर पारेर सो सम्मेलनको आयोजना गर्न लागिएको सोसाइटीकी अध्यक्ष डा लक्ष्मी तामाङले जानकारी दिइन्।
सम्मेलनको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन् स्वास्थ्य, मातृशिशु तथा किशोरीको स्वास्थ्य क्षेत्रमा ज्ञान, सिप तथा अनुसन्धानत्मक प्रस्तुतिहरु आदनप्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मिडवाफ्री व्यवसायलाई सुदृढीकरण गर्ने रहेको तामाङले बताइन्।