मकवानपुर– 'राष्ट्रिय रक्तचाप मापन अभियान २०१९' प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर सुरु भएको छ।
शुक्रबारदेखि सुरु भएको अभियान एक महिना सञ्चालन हुने जनाइएको छ।
राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौंडाबाट अभियानको सुरुवात भएको हो।
अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले बताए।
अभियानअन्तर्गत हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ। रासस