काठमाडौं - औषधि व्यवस्था विभागले सुदुरपश्चिमका औषधि पसलहरुमा अनुगमन तीव्र पारेपछि व्यवसायीकाे भागाभाग भएकाे छ। यही १७ देखि २३ गतेसम्म बाजुरा, अछाम र कैलाली जिल्लामा अनुमगन गरिएकाे थियाे।
औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षकहरु विजय कार्की, पुष्प राना क्षेत्री र यादव ढकालको नेतृत्वमा कैलाली जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सम्नवय गरी २५ औषधि पसल/फार्मेसी अनुगमन गरिएकाे थियाे।
अनुगमन गर्ने क्रममा २ वटा औषधि पसल शिलबन्दी भएको छ भने ३ लाइ जिल्ला प्रशासनको रोहवरमा बन्द गरिएको छ।
शिलबन्दी हुनेमा कैलाली धनगढ़ी न.पा.-२स्थित अनमोल आयुर्वेदिक उद्याेग(न्यु रोज मार्केटिंग सप्लायर्स) र जिल्ला बाजुरा बान्नीगढी जयगड गा.पा.-३ स्थित ईभानजालिना मेडिकल( बान्नीगढी हेल्थ केयर) रहेका छन्।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयको रोहवरमा बन्द गराइएका बाजुरा बडीमालीका न.पा. ८ का सुन्दर बढीमालीका फार्मेसी र सोही जिल्ला जड़गाका बल बहादुर बडवाल किल्निक र बाम्का बजारको कालिका किल्निक परेका छन्।
अनुगमन टोलीले अछाम साफेवगर न.पा.-१३ का वावली मेडिकलले दर्ता नभएको औषधि सञ्चय गरेकाले कारबाहीको लागि विभागीय पत्र काटेकाे छ।
त्यसैगरी कैलाली जिल्ला धनगढी न.पा. मा रहेको थोक पसल एसआर फर्मास्युटिकल्स ड्रिस्टिब्युटर्स र सगरमाथा मेडिसिन ड्रिस्टिब्युटर्स लाई अनुगमन गर्दा उक्त औषधि पसलहरुद्वारा सुदुर पश्चिम क्षेत्रका जिल्लाहरुमा दर्ता नभएको औषधि पसलहरु र किल्निकहरु लाई अबैध तरीकाले औषधि विक्रिवितरण गरी विकृति फैलाइएकाे पाइयाे।
अनुगमनमा व्यवसायी / फर्मासिस्ट पसलमा नहुने तथा गैर व्यक्तिद्वारा सञ्चालन र औषधि ऐन बर्खिलाप क्रियाकलाप देखिएको हुँदा थप कारबाहीको लागि विभागीय पत्र काटी कार्यालयमा बोलाइएको छ।
यसैगरी अनुगमन तिव्र गतीमा भइरहेको कुरा औषधि व्यवस्था विभाग नेपालगञ्जकाे फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए।