काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।
आज विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सिङ प्राविधिकहरु आफ्ना जायज माग पूरा गराउन आन्दोलनमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएको उल्लेख गरेको छ।
संघका अध्यक्ष राजकुमार थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रलाई वार्ता र सहमतिबाट जाय माग पूरा गर्न ध्यानाकर्षण गराएका छन्।
नेपाल स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओमप्रसाद उपाध्यायले जायज मागहरु वार्ता र संवादबाट पूरा गर्नुको साटो प्रहरी लगाएर धरपकड गर्ने कार्य निन्दनीय भएको बताए। उनले नर्सिङ स्टाफलाई तत्काल रिहा गरी समस्या समाधान गर्नुपर्ने बताए।