काठमाडौं – आज विश्व छाला स्वास्थ्य दिवसको अवसरमा नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजले प्रभातफेरी आयोजना गरेर मनाएको छ।
प्रभातफेरी बिहान ८ बजेदेखि त्रिवि शिक्षण अस्पतालदेखि चक्रपथसम्म र सोही रुट फिर्ता हुँदै अस्पतालमै आएर समापन भएको थियो।
समाजका अनुसार नेपालमा डण्डीफोर, एक्जिमा, कालो र सेतो दागहरु, छाला सम्बन्धी क्यान्सर मुख्य समस्याका रुपमा देखा परेका छन्।
छालामा ध्यान पुर्याउनको लागि विभिन्न सौन्दर्य सामाग्रीको प्रयोग नगर्ने, विशेषज्ञको सल्लाहमा मात्र स्टेरोइड तथा अन्य औषधीको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउँछन्।



