काठमाडौं– मिर्गौला प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भई डाइलोसिस गर्दै आएका एक बिरामीलाई कांग्रेस युवा नेता प्रदीप पौडेलको पहलमा आर्थिक सहायता गरिएको छ।
स्याङ्जास्थित पुतलीबजार नगरपालिका पौवैगौडे– ५ का ५६ वर्षीय राजेन्द्रकुमार कार्कीका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो।
विगत तीन वर्षदेखि दुवै मिर्गौलाले काम नगरेपछि कार्कीले बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचार गराइरहेका छन्।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कार्कीलाई कांग्रेस नेता पौडेलको पहलमा ६० हजार रुपैयाँ सहयोग गरिएको हो। नेपाल विद्यार्थी संघको मकाउस्थित युवाहरुले आर्थिक रकम संकलन गरेका थिए।
संकलित रकम पौडेलले उपचाररत कार्कीलाई हस्तान्तरण गरेका थिए।