काठमाडौं– विश्व अर्थोडेन्टिक स्वास्थ्य दिवसको अवसरमा नेपालका अर्थोडेन्टिस्टहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन्। प्रत्येक वर्ष मे १५ का दिन विश्व अर्थोडेन्टिक स्वास्थ्य दिवस मनाइन्छ।
सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले प्रदर्शनीमार्गस्थित अर्थोडेन्टिक एन्ड डेन्टोफेसियल अर्थोपेडिक असोसिएसन अफ नेपाल (ओडान) को अफिस उद्घाटन गरेका थिए।
ओडानका महासचिव अर्थोडेन्टिस्ट डा मनिष बज्राचार्यले दिवसमा देशभर निःशुल्क दाँतको उपचार, दाँत सम्बन्धी जनचेतना जगाउने कार्यक्रम, र्यालीहरु गरिएको जानकारी दिए।