काठमाडौं– अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएफ) को अध्यक्षमा पुनः डा सन्तोष सापकोटा निर्वाचित भएका छन्। वासिङटन डिसीमा भएको फाउन्डेसनको २३ औँ वार्षिक सम्मेलनले डा सापकोटालाई पुन अध्यक्षमा चयन गरेको हो।
फाउन्डेसनको उपाध्यक्षमा डा भुपेश खड्का, सचिवमा डा विनोद खड्का, कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन्। फाउन्डेसनमा १९ सदस्य कार्यसमिति रहेको छ। सम्मेलन मे १० देखि १२ सम्म भएको थियो।
सम्मेलनमा नेपाल, बेलायत, जर्मनी लगायतका देशबाट प्रतिनिधिहरु सहभागी भएका थिए।
सम्मेलनमा नेपालको स्वास्थ्य सेवा नीतिको बारेमा छलफल भएको थियो।
अर्को सम्मेलन २०२० को मे १ देखि ३ सम्म क्लेभल्याण्ड ओहियोमा हुनेछ।
