काठमाडौं - आज विश्व धूमपान रहित दिवस मनाइएको छ। नेपाल क्यान्सर रिलिफ सोसाइटीको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा चेतनामुलक र्याली निकालिएको छ।
डाक्टर, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थी तथा विभिन्न संघसंगठनका प्रतिनिधि र्यालीमा सहभागि भएका थिए। र्यालीमा विभिन्न चेतनामुलक नारा लगाउँदै धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने सन्देश दिइएको छ।
हरेक वर्ष विश्वर ३१ मे का दिन विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइन्छ। यो वर्ष दिवसका लागि ‘सुर्ती र फोक्सो स्वास्थ्य’ भन्ने नारा रहेको छ। चिकित्सकहरुका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थले शरीरका सबै अंगमा असर गर्छ।
नेपालमा सूर्तीजन्य पदार्थको कारण हरेक वर्ष २७ हजारको मृत्यु हुने गरेको छ। क्यान्सर, हृदयाघात, मस्तिस्कघात, उच्च रक्तचाप, मधुमेह जस्ता गम्भिर रोग लगाउने प्रमुख कारक सुर्तीजन्य पदार्थ रहेकाले यी कुरा सेवन नगर्न चिकित्सकले आग्रहग गरेका छन्।
धूमपानमा ७ सय प्रकारको हानिकारिक रसायन हुन्छन्। जसमा ६९ प्रकारका क्यान्सरजन्य रसायन नै छन्। सुर्तीजन्य पदार्थ तथा धूमपानले विश्वभर ४ सेकेन्डमा एक जनाको मृत्यु गराउँछ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागि डाक्टर, विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसधारणसँग स्वास्थ्यखबरले कुराकानी गरेको छ।
हेरौं उनीहरुले व्यक्त गरेको धारणा भिडियोमा :
फोटो फिचर