काठमाडौं– स्वास्थ्य खबरपत्रिकाको नवौं वार्षिकोत्सव तथा नेपाल लाइभको दोस्रो वार्षिकोत्सव कार्यक्रम काठमाडौंमा बुधबार भव्य रुपमा सम्पन्न भएको छ। हेल्प पब्लिकेसनको आयोजनमा संस्थाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा विभिन्न ८ विधामा प्रदान गरिएको अवार्डबाट ९ व्यक्ति तथा संस्था सम्मानित भएका छन्। शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सम्मानितहरुलाई अवार्ड प्रदान गरेका छन्।
यस वर्ष उत्कृष्ट डाक्टरको अवार्ड गुल्मी अस्पताल तम्घासमा कार्यरत डा उत्तम पच्यालाई दिइएको छ। उनलाई अस्पतालमा सहज र सुलभ सेवा प्रवाह गरेबापत दिइएको हो।
.jpg)
उत्कृष्ट अस्पतालको हेल्थ अवार्ड कटारी अस्पताल, उदयपुरले हासिल गरेको छ। अस्पतालप्रति टुटिसकेको बिरामीको भरोसा र विश्वास फेरि जगाउन सफल भएकोमा सो अस्पताललाई अवार्ड दिइएको हो।
हेल्थ अवार्ड २०१९ का लागि उत्कृष्ट सामाजिक संस्था नेपाल नेत्रज्योति संघ ठहरिएको छ। हेल्थ अवार्ड २०१९ मा उत्कृष्ट जनस्वास्थ्यकर्मी कुलत विरोधी अभियन्ता वसन्तमान श्रेष्ठ भएका छन्। ‘साइलेन्ट किलर’ मानिएको सूर्तिजन्य पदार्थको सेवन जुन दिनदेखि हानिकारक भन्ने अवगत उनलाई भयो, त्यही दिनदेखि यसका विरुद्ध सक्रिय छन्।

उत्कृष्ट पारामेडिक्सको अवार्ड राजनकुमार थापालाई दिइएको छ। उत्कृष्ट नर्स बाराको गञ्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ विभागको नेतृत्व गरिरहेकी निर्मला पण्डितलाई दिइएको छ।
स्वास्थ्य स्वयंसेविकामा कलुदेवी खड्कालाई हेल्थ अवार्डबाट सम्मान गरिएको छ। उमेरले आफैं अरूबाट स्याहारिनुपर्ने अवस्थामा पुगिसकेकी ६८ वर्षीया खड्का अझै गाउँठाउँको सेवा गर्नमै व्यस्त छिन्।
आइओएमका दुई खम्बा मानिएका डा भीष्म प्रसाईं र डा हेमाङ्गमणि दीक्षितलाई यस पल्ट स्वास्थ्य खबरपत्रिकाले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)