काठमाडौं- चाडपर्वको समयमा धेरै मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्।
चार्डपर्व सकिएपछि ग्यास्ट्रिक, झाडापखाला, बान्ता, उच्च रक्तचाप लगायतका समस्या लिएर अस्पताल पुग्छन्। स्वस्थ मानिसले समेत चाडपर्वका समयमा लापरबाही गर्छन् भने दीर्घरोगी, औषधि सेवन गरिरहेका मानिस पनि चाडपर्व हो, कहिलेकाहिँ त हो नि भन्दै खानपानमा ध्यान दिँदैनन्। जसको असर स्वास्थ्यमा देखिन्छ।
तिहारको समयमा विशेषगरी तेलमा पकाइएका रोटी, चिनिजन्य खानेकुरा, मद्यपान धेरै प्रयोग हुन्छ। यसले स्वास्थ्यमा गम्भीर असर पार्छ भन्ने थाहा पाउँदापाउँदै पनि मानिसहरु लापरबाही गर्छन् र पछि पछुताउँछन्।
तिहारमा कसरी खाने? कसरी स्वस्थ रहने? तिहारपछि मानिसहरु कस्ता समस्या लिएर अस्पताल आउँछन्? लगायतका विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका ग्यास्ट्रोलोजिस्ट डा भुपेन्द्र बस्नेतसँग स्वास्थ्यखबरले गरेको भिडियो कुराकानीः