काठमाडौं— नेपाल नर्सिङ संघको नयाँ नेतृत्वको लागि आगामी पुस ९ गते मतदान हुँदैछ। निर्वाचनमा संयुक्त पेसागत प्यानलबाट प्रा मुना राना थापा र प्रगतिशील प्यानलबाट प्रा मनकुमारी राईबीच प्रतिस्पर्धा हुँदैछ।
त्यसका लागि देशभरका २१ मतदान केन्द्रबाट मतदान हुनेछ। हरेक तीन वर्षमा हुनुपर्ने निर्वाचन पाँच वर्षपछि हुन लागेको छ।
अध्यक्षका प्रत्यासि दुवै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्राध्यापक हुन्। मनकुमारी राई भने एक वर्षअघि अवकाश भइसकेकी छन्।
देशका सबै नर्सको पेसागत हकहित र विकासका लागि स्थापित संघको ५८ वर्ष पुरानो इतिहास छ। संघमा राजनीति हावी भएकाले नर्सिङ क्षेत्रका हकहितका मुद्दा उठाउन हालको नेतृत्व कमजोर भएको आरोप पनि लाग्दै आएको छ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका दुवै प्यानलका उम्मेदवारसँग उनीहरुको एजेन्डा, संघमा गएपछि गर्ने काम, चुनावका समयमा बोलेका कुरा पछि कार्यान्वयन नुहने विगतका समस्या लगायतका विषयमा गरिएको भिडियो कुराकानीः