काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ऐनविपरीत सुर्तिजन्य पदार्थ बिक्री गर्न लागेको छ। नष्ट गर्नुपर्ने सुर्तिजन्य पदार्थलाई सरकारकै एक अंगले कानुन विपरित बिक्रि गर्न सार्वजनिक सूचना नै निकालेको हो।
सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमत गर्ने) ऐन, २०६८ अनुसार भन्सार कार्यालयले एयरपोर्टमा जफत गरेका सुर्तीजन्य पदार्थ अनिवार्य रुपमा नष्ट गर्नुपर्ने हुन्छ। जफत गरिएका यस्ता पदार्थ बिक्री गर्नु ऐन विपरित हुन्छ। तर, भन्सार कार्यालयले उक्त ऐन विपरित गोरखापत्र दैनिकमा विज्ञापन गर्दै कानुन विपरित जफत गरिएका सुर्तीजन्य पदार्थ बिक्री गर्न खोजेको छ।
भन्सार कार्यालयले बिक्री मात्र होइन गोरखापत्र दैनिकमा दिएको विज्ञापन समेत गैरकानुनी हो। सोही ऐनको दफा १० मा कसैले पनि सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवद्र्धन गर्न नपाउने व्यवस्था रहेको छ।
हेरौं ऐनको दफा
तर, भन्सार कार्यालयले उक्त दफाको ठाडो उल्लंघन गर्दै नष्ट गर्नुपर्ने सुर्तीजन्य पदार्थ बिक्रि गर्न १५ दिने विज्ञापन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, ‘जफत गरेका सुर्तीजन्य पदार्थ नष्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसकारण भन्सार कार्यालयले ती सबै सुर्तीजन्य पदार्थ जफत गर्नुपर्छ। यसका साथै पत्रिकामा विज्ञापन गरेर कार्यालयले कानुनको अर्को दफाको पनि उल्लंघन गरेको छ। यस विषयमा मन्त्रालयको आवश्यक प्रक्रिया अगाडि बढाउने छ।’
ऐनले सुर्तीजन्य पदार्थको उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तत्र्रिmया, कार्यक्रम, होर्डिङबोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेÈण्ँ वा प्रायोजन गर्न नपाउने व्यवस्था गरेको छ । ऐनको दफा १० मा गरीएको यो व्यवस्था कसैले उलङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरीवाना हुने छ।
यसका साथै भन्सार कार्यालयले जफत गरिएका ती सबै सुर्तीजन्य पदार्थसमेत नष्ट गर्नुपर्ने हुन्छ। कार्यालयले आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ को मुद्दाअनुसार विभिन्न सयममा यात्रुबाट जफत गरेको सुर्तिजन्य पदार्थ कानुनविपरीत लिलामको विज्ञापन गरेको हो।
हेरौं कानुनविपरीत भन्सार कार्यालयले निकालेको विज्ञापन

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा २१ मा जफत गरेको सुर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने उल्लेख छ। तर, विमानस्थल भन्सार कार्यालयले १५ दिनको सूचना प्रकाशन गरी जफत गरेको सुर्तिजन्य पदार्थ लिलाममा बिक्री गर्न लागेको हो।
ऐनको दफा २१ को १ मा मुद्दा हेर्ने अधिकारीले ऐन बमोजिम जफत गरेका सुर्तिजन्य पदार्थ नष्ट गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ।
हेरौं ऐनमा भएको व्यवस्था
तर, विमानस्थल भन्सार कार्यालयले भने ७ हजार ५ सय ८५ केजी सुर्तिजन्य पदार्थ लिलाममा बिक्रीका लागि सोमबार १५ दिने सूचना प्रकाशन गरेको हो।
विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णु राज ढकालले भन्सार ऐनअनुसार बिक्री वितरणको लाइसेन्स प्राप्तहरुलाई मात्रै सुर्तिजन्य पदार्थ बिक्री गर्ने गरी सूचना प्रकाशन गरेको बताए। भन्सार ऐनअनुसार चोरी पठारी गरेर ल्याएको समानको मूल्यांकन गरेर बिक्री गर्न लागेको उनको दाबी छ। तर,सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा जफत गरिएको सुर्तिजन्य पदार्थ बिक्री वितराण गर्न नपाउने र नष्ट नै गर्नुपर्ने स्पष्टमा रुपमा लेखेको छ।
कार्यालयले पनि पहिलो पटक यसरी बिक्री गर्न लागेको उनको दाबी छ। ‘राज्यलाई पनि केही राजस्व आउँछ,’ उनले भने, ‘ मान्यता प्राप्तलाई मात्रै बेच्ने हो।’ साथै ऐनमा सुर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नुपर्ने उल्लेख छ।
यो पनि :