काठमाडौं- जिल्ला प्रशासन कार्यालय भक्तपुरले बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईं विरुद्ध मानहानीको मुद्दा हालेका थिए। त्यसपछि प्रसाईंले गिरिविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरिले अभद्र व्यवहारको जाहेरी दिएका थिए। सोही मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न अनुमति मागेको थियो।
भक्तपुरका एसपी सविन प्रधानका अनुसार अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति लिइएको हो।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। अनुमतिलगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। प्रसाईं भने फरार छन्।
यो पनि :