काठमाडौं– बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन्।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा हालेका थिए। मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए।
सोही मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रशासनले अनुमति दिएको थियो। उनको खोजी भइरहे पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए।
यता मानहानीको मुद्दाका बारेमा काठमाडौं जिल्ला अदालतले पनि उनलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखित रुपमा अदालत समक्ष राख्न आदेश दिइएको हो।
गिरीले २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध मानहानीको मुद्दा दायर भएको थियो।
यो पनि :