काठमाडौं- उपत्यकाभित्र नेपाल चिकित्सक संघको मतदान जारी छ। मतदानको दोस्रो दिन ८ सय ३० मत खसेको छ। उपत्यकामा मतदान मंगलबारसम्म चल्ने छ।
पहिलो दिन शुक्रबार ३ सय २६ मत खसेको थियो। शुक्रबार र शनिबारसहित उपत्यकामा ११ सय ५६ मत खसेको छ केन्द्रिय निर्वाचन अधिकृत मिलनचन्द्र खनालले जानकारी दिए।
मतदान संघको केन्द्रिय कार्यालयमा बिहान ११ बाट सुरु भएको थियो। मतदानका लागि ४ बजेसम्मको समय तोकिएको भए पनि मतदान हाल्नका लागि लाइनमा बस्नेको संख्या धेरै भएपछि मतदान ५ बजेसम्म चलेको थियो।
.jpg)
.jpg)
शनिबार मतदान हाल्न आउनेको भिड धेरै भएपछि केही मतदाता आइतबार आउने भन्दै फर्किएका थिए। उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन्।
यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ। उपत्यका बाहिर २८ सय ५० मत खसेको छ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ।
.jpg)
.jpg)
.jpg)
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।
महासचिवको लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ। महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।
कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।
.jpg)
.jpg)
.jpg)
यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।
सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमश: विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।
समावेशी समूहबाट सदस्यहरुमा क्रमश: दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।
यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सबै तस्बिर : सौरभ रानाभाट
यो पनि