काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले फागुन १ गते डा सतिशदेव प्रति लक्षित गर्दै व्यक्त गरेको धारणा नियतवस नभई आवेशको उपज मात्र भएको प्रतिक्रिया दिएका छन्।
नेपाल चिकित्सक संघका प्रतिनिधीहरुसँगको छलफलमा डा बरालले समग्र चिकित्सक तथा प्राध्पायकलाई आफूले सम्मानपूर्वक हेरेको र डा देवप्रति व्यक्त गरेको अभिव्यक्ति पनि नियतवस नभएको बताएका हुन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको क्लिनिकल फर्माकोलाजी विभागका प्रमुख डा सतिशकुमार देवले सचिव बरालबाट आफू दुव्र्यवहारमा परेको र डाक्टरहरुमाथि गालीगलौज गरेको भन्दै संघमा निवेदन दिएका थिए।
डा देवको निवेदनमा सचिव बरालले स्वास्थ्य राज्यमन्त्रीको कार्यकक्षमा स्वास्थ्य बिमा सम्बनिध विषयमा छलफलका क्रममा विभिन्न व्यक्तिका अगाडि गालीगलौज गरेका हुन्। सो क्रममा सचिव बरालले डाक्टरहरु बिक्छन् र प्राध्पायकहरु आफूलाई ढोग्न आउँछन् भन्ने अभिव्यक्ति दिएको डा देवको निवेदनमा उल्लेख छ।
उक्त निवेदनपछि संघले सचिव बरालसहित उक्त दिनको छलफलमा सहभागि भएका डा दिपेन्द्ररमण सिंह, डा गुणराज लोहनी, डा विकास देवकोटा, प्रशासनका सहसचिव रघुराम विष्ट लगायतसँग सामूहिक छलफल गरेको थियो।
‘छलफलमा सवस्थ्य सचिवद्वारा बिमाको छलफलका क्रममा डा देवलाई गरिएको व्यवहार आवेशको उपज भएको तर नियतवस उहाँको प्रतिष्ठा र समग्रग चिकित्सक तथा प्राध्यापकहरुमा आँच पुर्याउने गरी अभिव्यक्ति दिन नखोजेको र सचिवज्युले सबै चिकित्सकलाई सम्मानको दृष्टिकोणले हरेको भनी जानकारी गराइएको,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उक्त छलफपछि सचिव बरालले हाललाई यो विषयलाई अगाडि नबढाई सौहार्दपूर्ण वातावारणमा समन्यकारी भूमिका निर्वाह गर्न आग्रह गरेका कारण सोही अनुसार अगाडि बढ्ने निर्णय भएको पनि संघको विज्ञप्तिमा उल्लेख छ।
संघले चिकित्सकको मान मर्दन हुने कुनै पनि गतिविधिहरु मान्य नहुने र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सुनिश्चितता प्रदान गर्न समेत माग गरेको छ।

यो पनि