पोखरा – वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवना कोइरालाको अगुवाईमा काठमाडौं सहति सात वटै प्रदेशमा बाल अस्पताल स्तापना हुने भएको छ। सोही अभियान अन्तर्गत पोखरामा पनि बाल अस्पताल बन्ने निश्चित भएको छ।
पोखरा महानगरपालिकाले अस्पताल निर्माणका लागि साविकको लेखनाथ नगरपालिकाको कार्यालय रहेको पोखरा २७ मा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराएको छ। महानगरपालिकाले उक्त क्षेत्रमा रहेको ३७ रोपनी जग्गा र त्यहाँ रहेका संरचना उपलब्ध गराएको हो।
महानगरपालिका र डा कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)बीच उक्त विषयमा सम्झौता समेत भएको छ। सम्झौता अनुसार किओचले उक्त जग्गा ३० वर्षका लागि निःशुल्क पाउने छ। यसका साथै आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा सम्झौता अवधि थप समेत गर्न सकिने छ।
सम्झौतामा महानगरका तर्फबाट मेयर मानबहादुर जिसी र किओचका तर्फबाट डा भगवान कोइरालाले हस्ताक्षर गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहबरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा दुबै पक्षबीच सम्झौता भएको हो।
अस्पताल निर्माणका लागि महानगर र प्रदेश सरकारले समेत आवश्यक स्रोत जुटाउन समन्वय र सहयोग समेत गर्ने बताइएको छ।
गत साता काठामाडौंमा आयोजित एक कार्यक्रममा बैंक अफ काठामाडौंले अस्पतालमा आइसियु निर्माणका लागि एक करोड सहयोग गरेको थियो।
यो पनि