काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण देखापरे उपचारका लागि आइसियु विस्तार गर्ने निर्णय भएको छ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले उपत्यकाका ६ अस्पतालमा १ सय २० आइसियु विस्तार गर्ने निर्णय गरेको हो।
समितिले टेकु अस्पतालमा २०, सशस्त्र प्रहरीको अस्पतालमा २०, आयुर्वेद अस्पताल किर्तिपुरमा २०, वीर अस्पतालमा २०, नेपाली सेनाको अस्पतालमा २० र पाटन अस्पतालमा २० गरी जम्मा १ सय २० आइसियु थप गर्ने निर्णय गरेको हो।
यी आइसियुको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्ब गर्ने निर्णय पनि समितिले गरेको छ।
यस्तै समितिले उपत्यका बाहिर प्रदेशहरुमा आवश्यकता अनुसार कम्तिमा १ सय १५ वटा शय्या आइसियु पनि बनाउने निर्णय गरेको छ।
यो पनि :