काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)ले संसारभरका १६२ देशमा असर गरिसेको छ। मंगलबार मध्यान्नसम्म यो भाइरसको संक्रमणका कारण विश्वभरका ७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ।
मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमण हालसम्म एक लाख ८३ हजार २ सय ४७ जनामा देखिएको छ।
मंगलबार मात्र यो भाइरसको नयाँ संक्रमण ४ सय १४ जनामा देखिएको छ भने २७ जनाको मृत्यु भएको छ।
मार्च १७ को अपडेट
फिलिपिन्समा ४५ जनामा नयाँ केस देखिएको छ।
स्विजरल्यान्डमा एक जना नयाँ केस देखिएको छ भने दुई जनाको मृत्यु भएको छ।
इन्डोनेसियामा ३८ जनामा नयाँ केस देखिएको छ।
इष्टोनियामा २० जनामा नयाँ केस देखिएको छ।
कुवेतमा ७ जनामा नयाँ केस देखिएको छ।
लक्जमवर्गमा १३ जनामा नयाँ केस देखिएको छ।
अमेरिकामा ८० जनामा नयाँ केस देखिएको छ भने ७ जनाको मृत्यु भएको छ।
जापानमा ४ जनामा नयाँ केस देखिएको छ।
होन्डुरसमा २ जनामा नयाँ केस देखिएको छ।
भारतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति दुवईबाट फर्किएका थिए।
पराग्वेमा एक जनामा नयाँ केस देखिएको छ।
अफगानिस्तानमा पनि एक जनामा नयाँ केस देखिएको छ।
थाइल्याण्डमा ३० जनामा नयाँ केस देखिएको छ।
उज्वेकिस्तानमा २ जना नयाँ केस देखिएको छ।
अष्ट्रेलियामा ५१ जनामा नयाँ केस देखिएको छ।
बुल्गेरियामा ५ जनामा नयाँ केस देखिएको छ।
सर्बियामा ८ जनामा नयाँ केस देखिएको छ।
जर्जियामा १ जनामा नयाँ केस देखिएको छ।
न्यूजील्याण्डमा ४ वटा नयाँ केस देखिएको छ।
बंगलादेशमा २ वटा नयाँ केस देखिएको छ।
कजाकिस्तानमा १७ वटा नयाँ केस देखिएको छ।
इजरायलमा ६ वटा नयाँ केस देखिएको छ।
हंगेरीमा ११ वटा नयाँ केस देखिएको छ।
जोर्डनमा ४ वटा नयाँ केस देखिएको छ।
श्रीलंकामा १ जनामा नयाँ केस देखिएको छ।

यो पनि :