काठमाडौं- विश्वव्यापी रुपमा संकटको रुप लिइरहेको कोरोना भाइरस हावामा ३ घण्टा र प्लास्टिकजस्ता वस्तुमा एकदिनसम्म जीवित रहने अध्ययनले देखाएको छ।
स्वास्थ्य अनुसन्धानसम्बन्धी एक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार कोरोना भाइरस तामाको सतहमा चार घण्टासम्म बाँच्न सक्छ।
अध्ययनले खिया नलाग्ने स्टिलका धातुमा कोरोना भाइरस २ देखि ३ दिनसम्म जीवितै रहने देखाएको छ। अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा लेखेका छन्, ‘कोरोना‚ कुहिरो, धुलोमा घण्टौं र त्यसको सतहमा एकदिनसम्म पनि बाँच्न सक्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ।’
फ्रेब्रुअरीमा प्रकाशित अर्को अध्ययनले कोरोना भाइरस सार्स, मर्स भाइरसजस्तै रहेको र यो फलाम, सिसा र प्लास्टिकको सतहमा ९ दिनसम्म जीवित रहन सक्ने देखाएको थियो। तर, रुखा खोकी लगाउने भाइरस भने केवल ४८ घण्टा जतिमात्रै त्यस्ता सतहमा बाँच्न सक्छन्।
‘जर्नल अफ हस्पिटल इन्फेक्सन’ मा प्रकाशित एक अध्ययनले ६३ देखि ७१ प्रतिशत इथानोल, ०.५ प्रतिशत हाइड्रोजन प्रोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपो क्लोराइटयुक्त किटनाशकमा कोरोना भाइरस निष्क्रिय रहने देखाएको थियो।
यो पनि :