काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को संक्रमण विश्वका १ सय ५० भन्दा बढी देशमा फैलिसकेको छ। भाइरसको संक्रमणका कारण ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। यस्तै यो भाइरसका कारण हालसम्म विश्वका एक लाख ८२ हजार भन्दा बढी मानिसमा संक्रमति भइसकेका छन्।
भाइरसको संक्रमणका सुरुमा चीनमा फैलिएको थियो। चीनपछि यो भाइरस तीव्र रुपमा युरोपियन देशहरुमा फैलिरहेको छ। भाइरस फैलन दर बढ्दै गएपछि विश्वका व्यस्त सहरहरु सुनसान देखिएका छन्। अधिकांस देशले नागरिकलाई घरबाट बाहिर ननिस्कन भनिसकेको छ।
धेरै देशहरुले हवाईदेखि सडक यातायातमा रोक लगाएका छन्। जसका कारण सहरहरु सुनसान बनेका हुन्।
हेरौँ फोटो फिचर