काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाको आशंकामा भर्ना गरिएका पाँच जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।
एक जना विदेशी र चार जना नेपाली कोरोनाको आशंकामा शुक्रराज अस्पतालमा भर्ना भएका थिए।
चार जना नेपालीलाई आइसोलेसन र एक जना विदेशी नागरिकलाई आइसियुमा राखेर उपचार भइरहेको छ। श्वासप्रश्वासमा समस्या भएपछि बेलायतका नागरिकलाई आइसियुमा भर्ना गरिएको थियो।
उनीहरु सबै जनामा कोरोनाको संक्रमण नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
कोरोनाको आशंकामा मंगलबारदेखि ३४ जनाको नमूना संकलन भएको थियो। उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए।
उनले भने, ‘हामीले मंगलबार मध्यान्ह १२ बजेदेखि नमूना संकलन गरेका थियौँ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।’
यो सँगै कोरोनाको आशंकामा परीक्षण गराएका नमूनाको संख्या ५ सय ३० पुगेको छ। परीक्षण गरिएकामध्ये चीन बाट फर्किएका एक जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनी निको भइसकेका छन्। बाँकी रहेका सबैको रिपोर्ट नेगेटिभ आएको छ।
यो पनि :