काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९ हजार १४९ पुगेको छ। भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख २३ हजार ६५ जना पुगेको छ।
कोरोना भाइरसको संक्रमणको तथ्यांक अभिलेख गरिरहेको वल्डोमिटर डट इन्फोका अनुसार हालसम्म कोरोना भाइरसबाट संक्रमित ८५ हजार ७ सय ९१ जना निको भएका छन्।
बिहीबार २०६ जनाको मृत्यु भएको हो। यो संख्या थपिएसँगै मृत्यु हुनेको संख्या ९ हजार पुगेको हो। बिहीबार मात्र यो भाइरसबाट ४ हजार २ सय ७७ जना संक्रमित भएका छन्।
बिहीबार सबैभन्दा बढी संक्रमण र मृत्यु इरानमा भएको छ। इरानमा १४९ जनाको मृत्यु भएको छ भने १०४६ नयाँ संक्रमित थपिएका छन्। योसँगै इरानमा मृतकको संख्या १२८४ र संक्रमितको संख्या १८ हजार ४ सय ७ पुगेको छ।
यस्तै जर्मनीमा बिहीबार ७ सय ५६ जनामा संक्रमण देखिएको हो। यो संख्यासहित जर्मनीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ हजार ५ सय २४ पुगेको छ। जर्ननीमा मुत्यु हुनेको संख्या ३१ पुगेको छ। बिहीबार ३ जनाको मुत्यु भएको छ।
त्यस्तै बेल्जियममा बिहीबार २ सय ७३ जना नयाँ संक्रमणका बिरामी भेटिएका छन्। अहिलेसम्म बेल्जियममा १ हजार ७ सय ५९ जनामा संक्रमणम देखिएको छ। बेल्जियममा अहिलेसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ। बिहिबार ७ जनाको मुत्यु भएको छ।
अमेरिकामा बिहीबार मुत्यु हुनेको संख्या २ सय ५ पुगेको छ। अहिलेसम्म अमेरिकामा ९ हजार ४ सय ६४ जनामा संक्रमण भेटिएको छ। कोरोनाका कारण अमेरिकामा १ सय ५५ जनाको मुत्यु भएको छ। बिहीबार ५ जनाको मुत्यु भएको हो।
अष्ट्रियामा बिहीबार संक्रमण हुनेको संख्या १ सय ९७ पुगेको छ। अहिलेसम्म अष्ट्रियामा एक हजार ८ सय ४३ जनामा संक्रमण देखिएको छ। अष्ट्रियामा कोरोनाका कारण ५ जनाको मुत्यु भइसकेको छ। बिहीबार एक जनाको मुत्यु भएको हो।
बिहीबार चीनमा ३४ जना नयाँ बिरामी थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ। चीनमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४५ पुगेको छ। चीनमा हालसम्म ८० हजार ९ सय २८ संक्रमित भएका छन्
यस्तै, इटलीमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ। बिहीबार इटलीमा संक्रमित र मृतकको संख्या थपिएको छैन।
यो पनि :