काठमाडौं- जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भएको घटना छानबीनका लागि तीन सदस्यीय छानबीन समिति गठन भएको छ।
काठमाडौं महानगरपालिकाका एसपी सर्वेन्द्र सिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन भएको हो। चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु चार दिनदेखि आन्दोलनमा छन्।
प्रहरी हेडक्वाटरको फरेन्सिक ल्याबमा सिसिटिभी फुटेर रिट्रिभ गर्ने काम भइरहेको नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले जानकारी दिए। दोषिलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको उनले बताए।
चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन र घटनामा संलग्न दोषिलाई तुरुन्त कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र गृह मन्त्रालयका सचिवसँग छलफल भएको थियो।
स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संग र गृह मन्त्रालयका प्रतिनिधि सहितको र्यापिड रेस्पोन्स टिम गठन गर्न पहल गरिरहेको महासचिव रिजालले जानकारी दिए। उनको नेतृत्वमा पाँच जना कार्यकारिणी समितिको टिम अस्पताल पुगेको थियो। दोषिलाई हिरासतमा लिई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने अडानमा आफुहरु रहेको संघले जनाएको छ।
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए।
अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभुति गराउनुको साटो सीसीटिभी फुटेज लगायत प्रमाण नष्ट गरेको आन्दोलित चिकित्सकहरुको आरोप छ। कारबाही प्रक्रियामा असहयोग गरेको भन्दै उनीहरुले आईतबार अस्पतालको प्रशासनमा तालाबन्दी समेत गरेका छन्।
यो पनि :