काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुषमा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको जानकारी दिए।
केएमसीका ४ स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण देखिएको छ।
नोट : स्वास्थ्य मन्त्रालयले नियमित कोरोना ब्रिफिङमा केएमसीमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो। तर उक्त जानकारीमा त्रुटि रहेको पाइएको छ। केएमसीमा ३ जना र अर्का एक जना भने मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरको रहेको पाइएको छ।
यो पढौं : केएमसीमा भनिएका ४ स्वास्थ्यकर्मीमध्ये ३ जना मात्र संक्रमित, एक जना मनमोहन कार्डियोथोरासिकका