काठमाडौं - स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजीनामा दिएका छन्।
पोखरेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामा बुझाएको बताएका छन्।
राजीनामा दिनुको कारण उनले खुलाउन चाहेनन्।
स्वास्थ्यखबरको जिज्ञासामा उनले भने, ‘केही कुरा मिल्यो, केही मिलेन। काम गरिरहँदा आत्मसम्मानको पनि कुरा हुन्छ। अरु तपाईहरुले विस्तारै थाहा पाउनु हुन्छ।’
उनको कार्यकाल चार वर्षको थियो। स्वास्थ्य बिमा बोर्डमा १८ महिना कार्यकारी निर्देशकका रुपमा काम गरेका उनको कार्यकाल अझै साढे २ वर्ष बाँकी थियो।
बोर्डामा अध्यक्ष उमा शंकर प्रसाद र कार्यकारी निर्देशक पोखरेलबीच लामो समयदेखि विवाद हुँदै आइरहेको थियो।
यो पनि :