अहिले आँपको सिजन छ। आँप सबैको प्रिय फल। नेपालमा धरैथरीको आँप उत्पादन हुन्छ र भारतबाट पनि त्यत्तिकै आयात हुन्छ। एसिया आँपको लागि धनी मानिन्छ। साथै अफ्रिका र मलेसियामा पनि यसको राम्रो उत्पादन हुन्छ।
बम्बे, सफेदा, बङपाली, पैरी, निलम, अल्फोन्सो, हापुस, हिमसागर देसरी, टोटपुरी, केसर, चौसा, लाङग्रा, दसहरी, मालदह, बन्बै ग्रिन, चौसा, तोतापरी, कृष्णभोग, फनली जातका आँप बजारमा उपलब्ध छन्। तर आँप कसरी खाने भन्ने धेरै कमलाई मात्र ज्ञान छ। यहाँ केही आँपका महत्वपूर्ण परिकारबारे चर्चा गरिँदै छ।
आँपको विभिन्न परिकार बनाउन सकिन्छ। जस्तो आँपको खिर, आँपको लस्सी, आँपको स्मोथी, आँपको धुलो, आँपको अचार, आँपको जुस, काँचो आँपको खट्टा जुस, काँचो र पाकेको आँपको मिक्स खट्टामिठा जुस, आँप एभोकाडो सेलरी मिक्स जुस, फ्रोजन रम र आँपको जुस, स्पाइसी म्याङगो सन्डी, म्याङगो पिच लस्सी, म्याङगो किवी लसी, म्याङगो चिल आइस, म्याङगो लाइम कर्ड, म्याङगो बेरी स्मोथी, डेजर्ट म्याङगो कुलर कोकोनट म्याङगो पाइन यपल सोर्बेट। यति मात्र होइन, आँपका सयौं सलाद तथा ड्रेसिङहरु बनाउन मिल्छ।
आँपका डेजर्टस तथा स्विटहरु पनि प्रसस्त बनाउन सकिन्छ। जस्तो म्याङगो मिसो, म्याङगो चीज चक्लेट, इन्डो स्विस फेन्टासी, म्याङगो फिग, नेपोली तानो म्याङगो, आम खिरकी सँगम, म्याङगो लियर केक, म्याङगो मुस,म्याङगो मुस टार्ट, म्याङगो आइस क्रिम, म्याङगो डुनोट, म्याङगो चिज केकक्रिमी म्याङगो फलान, म्याङगो कोकोनट ब्रेड, म्याङगो लेमन बार, म्याङगो जिन्जर मिन्ट पोप्सीक्ली, म्याङगो पाइ, म्याङगो मोची रोल्ल पर्छन्।
आँपका केही प्रमुख परिकार
आँपको खिर
चाहिने सामग्री: पाकेको आँप २ पिस, चामल भिजाएको २०० ग्राम, दूध १ लिटर, चिनी १५० ग्राम, हरियो, सुकुमेल आधा टेबल स्पुन, आलमन्ड चप १ टेबल स्पुन, पिस्ता चप १ टेबल स्पुन।
विधि: नन इस्टिक प्यानमा दूधलाई उमाल्ने र चामललाई राम्ररी पखालेर दूधमा ओइराउने। चामल राम्ररी पाक्न थालेपछि आगोको आँच कम गर्ने। त्यसपछि चिनी हाल्ने। सुकुमेलको धुलो, पिस्ता र आलमन पाउडर पनि हालेर पकाउने। पाकिसकेपछि अन्त्यमा एक चमच नेपाली घ्यु हालेर साइड लागाउने। राम्ररी पखालेर ताछेको आँपलाई खोयाविहीन हुनेगरी छोडाउने र मिर्चरमा ब्ल्यान्ड गर्ने र खिरमा मिक्स गर्दिने। केही समय ठन्डा भएपछि चप आँप, पिस्ता चप र केसर हालेर सर्ब गर्ने। यो डेजर्ट अत्यन्त स्वादिष्ट र स्वस्थकर मानिन्छ। आँपको पूर्णरुपमा स्वाद आउने यो खिर इन्डिया, नेपाल लगायत विश्वभर धेरै देशमा खाइन्छ। आँपको खिर बिनाचामल पनि बनाइन्छ। दूधलाई लामो समय उमालेर बानाएको रबरीमा पाकेको आँप चप गरेर मिक्स गरी तयार गरिन्छ र यो झन् राम्रो खिर मानिन्छ।
आँपको लस्सी (स्मुथी)
आँपको लसी बनाउँदा चाहिने सामग्री: सादा दही १ कप, ताजा दूध आधा कप, आँप ठूलो साइजको १ वटा, मह या चिनी इच्छा अनुसार,आइस ६० देखि ७० ग्राम, सुकुमेल २ पिस।
विधि: आँपलाई राम्ररी पखालेर खोयाविहीन गरी चप गर्ने। त्यसपछि बाँकी सम्पूर्ण सामग्री हालेर ब्यालेन्डरमा ब्वाइल्ड गर्ने, स्मुथ भएपछि गिलासमा हालेर सर्ब गर्ने। यो अत्यन्त सधारण तरिकाले तयार गर्न सकिन्छ र गर्मीको समयमा स्वस्थकर र शितलता दिने ड्रिङ्स मानिन्छ। घरमा आइस नभएको खन्डमा चिसो पानी हालेर पनि बनाउन सकिन्छ। आप नपाइने मौसममा क्यानको आँप पनि प्रयोग गरेर लस्सी बनाउन सकिन्छ।
आँपको केक
सामग्री: मैदा पिठो १ कप (२३० ग्राम), अन्डा ६ वटा, चिनी १ कप (११० ग्राम) बेकिङ पाउडर आधा चम्चा, ताजा पाकेको आँप ठूलो साइजको २ वटा, आँपको पिउरी एक र आधा कप, क्रिम चिज एक र आधा कप, नुन नभएको बटर १ कप (१६ टेबल स्पन), सुगर पाउडर दुई र आधा कप, भेनिला एसेन्स २ टबल स्पन।
विधि: सर्वप्रथम मैदा, चिनी, अन्डा, बेकिङ पाउडर हालेर मिक्स गरी स्पन्च केक तयार गर्ने र चिसोको लागि साइडमा रेस्ट गराउने। अर्को मिक्सिङ बाउलमा बाटर, पाउडर सुगर, क्रिम चिज र भेनिला एसेन्स हालेर मिक्स गर्ने। साथमा आँपको पिउरीलाई पनि तयारी अवस्थामा राख्ने। गोलाकार स्पन्च केकलाई बीचमा स्लाइस गरी एउटामा सेतो मिक्स्चर लेपन गर्ने र अर्कोलाई आँपको पिउरीले लेपन गरी गरेर चार तहसम्म खप्टिने। एवं तरिकाले तयार भएको केकको सम्पूर्ण भाग सेतो क्रिम चिजको मिक्सचरले लेपन गरी माथिल्लो भागमा गोलाकार रुपमा बुट्टा कोर्ने र ताजा आँपको स्लाइस मिलाएर एरेन्ज गर्दै जाने। अन्त्यमा सुगर सिरपले लेपन गर्ने र फिनिस गरी चिसोको लागि चिलरमा एक घण्टा भण्डारण गर्ने। केक राम्रोसँग सेट भएपछि सर्ब गर्न सकिन्छ।
आँपको अचार
सामग्री: काँचो आँप (काटेको) एक केजी, तोरी को तेल २५० एमएल, बेसर ५० ग्राम, हरियो खुर्सानी २५० ग्राम, नुन स्वाद अनुसार।
विधि: काँचो जालो (कोया) नपसेको आँप छान्ने र सफा पानीले पखाल्ने। पखालेको आँप सफासँग एकनासको हुनेगरी टुक्र्याउने।आँपको भित्री गुदी फल्ने तर बाहिरी बोक्रा नफाल्ने।आँपको टुक्रालाई बेसार, नुन र मसला राखेर राम्रोसँग मोली ५-७ घण्टासम्म छोपेर राख्ने। तेलमा हिङ फुराएर राख्ने। सिसी र बिर्कोलाई घाममा सुख्खा हुनेगरी सुकाउने। अचारलाई सिसीमा हावा नछिर्ने गरी खाँद्ने।
यी बाहेक आँपको अचार, आँपको थेबे, आँपको सलाद, आँपको पाउडर (जुन चाट मसलामा प्रयोग हुन्छ), खट्टीमिठी,आँपको रबडी, जाम, क्यान्डी, माड, स्क्वास, चटनी लगायत दर्जनौं आइटम बनाउन सकिन्छ। आँपको अचार नेपाल, भारत लगायतका दक्षिण एसियाली राष्ट्रहरूमा बनाइने प्रशिद्ध अचार हो। यो नपाकेको हरियो र अमिलो आँपबाट तयार पारिन्छ। आजभोलि बजारमा आँपको अचार व्यावसायिक रुपमा पनि पाइन्छ। गुलियो र पिरो दुवै स्वादमा पाइने यो अचार सबैको रोजाइमा परेको छ।
आँप खानुका फाइदा
- क्यान्सर हुनबाट जोगाउँछ।
- तौल बढाउन मद्दत गर्छ।
- आँपमा पर्याप्त मात्रामा आइरन हुने हुँदा एमिनिया हुनबाट जोगाउन मद्दत पुर्याउँछ।
- गर्भवती महिलाको लागि पनि आँप अति राम्रो मानिन्छ।
- मस्तिष्कका लागि पनि आँप अति राम्रो मानिन्छ।
- उच्च रक्तचापका बिमारीलाई पनि आँप खाँदा फाइदा गर्छ।
- स्किन सफा राख्न र आँखा स्वस्थ राख्न पनि आँप नियमित खाँदा फाइदा गर्छ।
- यौन सम्बन्धी समस्या हुनेले पनि आँप नियमित खाँदा
- किड्नीमा हुनसक्ने पत्थरीको सम्भावना न्यून गर्छ।
- हड्डी सम्बन्धी समस्यालाई निदान गर्न पनि आँप नियमित खान सकिन्छ।