काठमाडौं- लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका– ११ निवासी ६० वर्षीय महिलाको अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनको भदौ ७ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।
ज्वरो, श्वासप्रश्वास र ब्लड प्रेसरको समस्या भएकोले उनी अस्पतालको आइसियुमा उपचाररत रहेकी थिइन्।