काठमाडौं- लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिका- ११ निवासी ७७ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार उनी भदौ १७ गते साँझ ७ बजे भर्ना भएकी थिइन्। पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ आएको थियो।
उनी ज्वरो, श्वासप्रश्वासमा समस्या रहेकोले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेकी थिइन्।