काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंकी ८२ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो। अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो हो।
अस्पतालका निर्देशक डा सागर राजभण्डारीले ती महिलाको मिर्गौला फेल, उच्च रक्तचापलगायत ५ रोगले समेत पीडित भएको बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १९ गतेसम्म देशभर २७१ जना कोरोना संक्रमितको निधन भएको छ।