प्रश्न : कस्तो अवस्थामा ल्याबमा नमुना साटिन सक्छ?
डा केयुर गौतमको उत्तर : केही दिनअघि एकजना बिरामी आएर भन्नुभयो,‘डाक्टरसाप हिजो मैले र मेरो श्रीमतीले सुगर टेष्ट गरेका थियौँ। दुबै जनाको १०० मिलिग्राम परडेसिलिटर आयो। गल्ती भएको हो कि जस्तो लाग्यो। मलाई स्याम्पल साटियो वा टिप्ने समयमा गल्ती भयो कि भन्ने शकां लाग्यो? यस्तो हुन सक्छ? के भएको होला?’
यस्ता खालका जिज्ञासा अन्य समयमा अरु बिरामीले पनि गरिरहनुभएको हुन्छ? यस्तो हुन सक्छ कि सक्दैन त?
सबैभन्दा पहिलो यस्तो समस्या हुन नदिनका लागि आजकल आधुनिक ल्याबहरुमा बारकोडिङको व्यवस्था गरिएको हुन्छ।
बिरामीको परीक्षणका लागि तानिएको स्याम्पल राख्ने ट्युवमा बारकोड हुन्छ। यहाँहरुले ख्याल गर्नुभएको होला, जस्तो खानेकुरा किन्न जाँदा प्याकेटमा पनि बारकोड राखिएको हुन्छ। यस्तै बारकोड ल्याबमा स्याम्पल तान्नेबेला गरिएको हुन्छ।
त्यो बारकोडमा थोरै ठाउँमा बिरामीको धेरै जानकारी राख्न सकिन्छ। जस्तै कि बिरामीको नाम थर, उमेर, लिंग र केके जाँच गर्ने भनेर राख्न सकिन्छ। त्यसले के गर्छ भने लेख्ने समय कम लाग्छ। लेख्दा गल्ती हुने सक्ने सम्भावना घटाउँछ। जस्तो लेख्दा हातले लेख्दा ११४ तपाईको नम्बर रहेछ भने १४१ लेख्न सकिने हुनसक्छ।
त्यही कारणले प्रि एनालिटिकल रगत तान्ने बेलाको एरर घटाउन बारकोड गरिन्छ। संसारभर बारकोड प्रयोगमा आएको धेरै वर्ष भइसक्यो। नेपालमा पनि प्रयोग हुन भइरहेको छ।
कुनै पनि ल्याबमा बारकोड गरिएको छैन। सबै हातले गर्छ भने सुरुमा त रगत तान्ने बेलामा नै गल्ती हुनसक्छ। त्यहाँ स्याम्पल साटिने डर हुन्छ। त्यसपछि मेसिनमा राखेर रन हुने समयमा पनि गल्ती हुनसक्छ।
त्यो आफैले मेसिनमा राख्नुप¥यो र नम्बर लेख्दा गल्ती हुनसक्छ। त्यो समयमा ११४ लेख्नुपर्नेमा १४१ टाइप हुन सक्छ। एउटा रिपोर्ट अर्कोमा जान्छ। र रिपोर्ट आइसकेपछि सार्ने समयमा पनि गल्ती हुन सक्छ। त्यसकारण हरेक प्रयोगशालामा बारकोड जरुरी छ।
बारकोडले के के गर्छ त?
सर्वप्रथम तपाई परीक्षणका लागि बिल तिर्न जाँदा नै तपाईले पाउने रिसिप्टमा बारकोड जेनेरेट भइसकेको हुन्छ। त्यसपछि क्यु म्यानेजमेन्ट सिस्टममा तपाईको नाम आइसक्छ।
तपाईं भित्र रगत तान्न जानुहुन्छ। रगत तान्न जाँदा त्यो बारकोड स्क्यान गरिन्छ। निकालिन्छ। र, तपाईंलाई देखाएर हो भनेपछि त्यो बारकोड रगत राख्ने ट्युबमा राखिन्छ। अनि रगत तानेपछि भित्र मेसिनमा जान्छ। मेसिनमा गइसकेपछि पनि के हुन्छ भने एक बटन थिच्दा त्यो स्क्यान गर्छ र कुन जाँच गर्ने हो भनेर थाहा पाउँछ। र मेसिनले जाँच गर्न थाल्छ। मेसिनले जाँच गरिसकेपछि पनि भेरिफिकेसन हुन्छ। टेक्नोलोजिष्टले त्यो इन्टरफेज गर्नुहुन्छ, भनेको हातले कुनै पनि नलेखिकिन त्यो सबै डाटा कम्प्युटरमा जान्छ। कम्प्युटरमा गएको डाटा फेरि डाक्टरहरुले भेरिफिकेसन गर्नुहुन्छ। त्यसपछि त्यो रिपोर्ट तपाईहरुलाई इमेल वा एसएमएस माफर्त आइपुग्छ वा प्रिन्ट गरेको रिपोर्ट पनि लिन सक्नुहुन्छ।
यो प्रक्रियामा तपाईले कतै देख्नुभयो त हातले लेखेको ठाउँ? कतै पनि छैन। हातले नलेखेपछि गल्ती हुने सम्भावना निकै कम हुन्छ। त्यसैले बारकोड भएको ल्याबमा परीक्षण गराउँ। बारकोड प्रयोग हुने ल्याबमा तपाईंले दिएको स्याम्पल साटिने सम्भावना बिल्कुलै कम हुन्छ।
-(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन्।)