काठमाडौं- स्वास्थ्य मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन चाहने अधिकृतहरुलाई पुस १९ गतेभित्र निवेदन दिन सूचना जारी गरेको छ।
माघ १ गतेदेखि असार ३ सम्म सञ्चालन हुने ४१औं एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी, सहसचिव वा सोसरहका अधिकृत कर्मचारीहरुबाट निवेदन माग गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई उक्त तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी, सहसचिव वा सोसरहको पदमा ४ वर्ष सेवा अवधि पुरा भएका कर्मचारीलाई मनोनयन गर्न पत्राचार गरेको थियो।
सामान्य प्रशासन मन्त्रालयले पुस २० गतेभित्र तालिममा सहभागी हुने प्रशिक्षार्थी मनोनय गरी पठाउन समेत पत्राचार गरेको छ।