काठमाडौं- स्वास्थ्य बिमा बोर्डले चार जना मेडिकल अधिकृत र पाँच जना फार्मेसी अधिकृतका लागि दरखास्त आव्हान गरेको छ।
बोर्डले मंगलबार सूचना जारी गर्दै करार सेवामा दरखास्त आह्वान गरेको हो।
मेडिकल अधिकृतका लागि एमबिबिएस पास गरी २ वर्षको अनुभव भएको र फार्मेसी अधिकृतका लागि एम फार्म उत्तीर्ण गरी कम्तीमा दुई वर्षको अनुभव भएको हुनुपर्ने बाेर्डले जनाएकाे छ।
बोर्डले योग्यता पुगेका इच्छुकले १५ दिनभित्र दरखास्त दिन अनुराेध गरेकाे छ।