काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फ छनौट भएका परीक्षार्थीलाई फागुन ३ गतेसम्म भर्ना हुन सूचित गरेको छ।
आयोगले आज सूचना प्रकाशित गर्दै पुस १८, १९ र २० गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षाथीहरुले निर्धारण गरेको प्राथमिकताका आधारमा सरकारी कोटा तर्फ माघ १९ र २७ गते प्रकाशित भर्ना सूचीमा नाम भएर हालसम्म सम्म भनाए नभएकालाई तेस्रो सूचना जारी गर्दै फागुन ३ (भोली) सम्म भर्ना हुन भनेको छ।
आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुने दुई जना सरकारी कोटा तर्फका उम्मेद्वार भर्ना हुन सूचना जारी गरेको छ।
आयोगले फागुन ३ गतेभित्र भर्ना नभई रिक्त भएका सीट राष्ट्रिय चिकित्सा शिक्षा नियमावली,२०७७ को नियम १७ को उपनियम (२) बमोजिम खुला तर्फ थप गर्ने पनि जनाएको छ।
आयोगकाे सूचना