काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमडी/एमएस र एमडिएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका तर दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजात झुटो फेला परेको भन्दै मेरिट सूचीबाट हटाइएकाहरुसँग लिखित जवाफ माग गरेको छ।
आयोगले सर्वोच्च अदालतको पत्र अनुसार अदालतमा पेश गर्नेगरी उनीहरुसँग लिखित जवाफ माग गरेको हो। आयोगले भोली सोमबार साँझ ५ बजेसम्म लिखित जवाफ दिन भनेको छ।
आयोगले गरेको छानबिनका क्रममा झुटा विवरण पेश गरी दुर्गमको अंक प्राप्त गरेको पाएपछि विभिन्न मितिमा गरेर ५२ जनालाई मेरिट सूचीबाट हटाएको छ। दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै आयोगमा उजुरी परेपछि सो विषयमा छानबिन गरिएको थियो।
तर आयोगले सूचीबाट हटाएपछि विद्यार्थीहरुले अदालतमा मुद्दा हालेका थिए। सोही मुद्दाका क्रममा अदालतले उनीहरुको हकमा के भएको छ र के हुनुपर्ने हो? भन्ने जवाफ दिन आयोगलाई पत्र पठाएको छ। अदालतबाट पत्र आएपछि आयोगले सूचना निकाल्दै विद्यार्थीहरुलाई लिखित जवाफ दिन भनेको हो।
![](https://swasthyakhabar.com/uploads/editor/2021-02-01/kidney%20day%202021/pharmacy/documentclarification-1.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-02-01/kidney%20day%202021/pharmacy/documentclarification-2.jpg)