काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको एमडी एमएस कार्यक्रमको ड्रपअप म्याचिङ अर्थात ओपन हाउस काउन्सिलिङ खुला गरेको छ।
आयोगले दिएको एमडी/एमएसको प्रवेश परीक्षणको नजिताको योग्यताक्रममा रहेका र कुनै पनि विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना नभएका विद्यार्थीलाई आयोगले ओपन हाउस काउन्सिलिङमा सहभागि हुन अनलाईन आवेदन खुला गरेको हो।
स्नातकोत्तर तहको अध्ययनका लागि तेस्रो म्याचिङ पश्चात रिक्त रहेका सिटहरुमा भर्ना हुनका ओपन हाउस काउन्सिलिङमा सहभागी हुन अनलाईन आवेदन दिन आयोगले सूचना प्रकाशित गरेको छ।
ओपन हाउस काउन्सिलिङमा सहभागि हुन इच्छुक विद्यार्थीले आज (बैशाख ९गते) देखि बैशाख १४ गतेसम्म अनलाइन माफर्त आवेदन दिन सक्ने आयोगले जनाएको छ।
यस्तै बैशाख १७ गते ओपन हाउस काउन्सिलिङ हुने र बैशाख २० गते भर्नाका लागि छनोट भएकाहरुका लागि भर्ना खुला गरिने आयोगले जनाएको छ। ओपन हाउस काउन्सिलिङबाट भर्नाका लागि छनोट भएका विद्यार्थीहरुले बैशाख २४ गतेभित्रमा भर्ना गरिसक्नुपर्ने पनि आयोगले जनाएको छ।
आयोगका अनुसार तेस्रो म्याचिङको नतिजा अनुसार भर्ना पश्चात स्नातकोत्तर तहमा एमडी र एमएसका १४६ वटा सिट रिक्त छ।
कुन विश्वविद्यालय तथा प्रतिष्ठानमा कति सिट रिक्त?