काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाई डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका सबै अस्पताललाई तस्बीर सहितको प्रगति विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै एचडियु सञ्चालन भएका सबै अस्पतालहरुलाई तीनदिन भित्र प्रगति विवरण पठाउन निर्देशक दिएको हाे।
स्वास्थ्य मन्त्रालयले ताेकिएकाे समयभित्र एचडीयु सञ्चालन भएको विवरण नपठाए मन्त्रालयबाट उपलब्ध गराउने भनिएको रकम रोक्का राखिने चेतावनी समेत दिएको छ।
उक्त विवरण [email protected] मा पठाउन पनि हाई डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन गर्न पत्राचार भएका अस्पताललाई सूचित गरेकाे छ।