काठमाडौं- नेपालगन्जस्थित भेरी अस्पतालले एनोस्थेसियोलोजिष्ट, मेडिकल अधिकृत, नर्सिङ स्टाफसहित ६० कर्मचारी करार सेवाका लागि दरखास्त माग गरेको छ।
अस्पतालले आज सूचना जारी गर्दै एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको हो।
कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा गम्भीर संक्रमितको चाप बढेपछि संक्रमितको हेरचाह तथा उपचार का लागि भेरी आइसोलसन वार्डमा कर्मचारी आवश्यक भएको अस्पतालले जनाएको छ।
अस्पतालले सबै खुला प्रतिस्पर्धाबाट र पहिलो प्राथमिकता अनुसार पदपूर्तिका लागि कर्मचारी सिफारिस गरिने जनाएको छ।
भेरी अस्पतालले कोभिड १९ संक्रमणका कारण जटिल लक्षण सहितका संक्रमित आउने क्रम बढेको भन्दै करार सेवामा कर्मचारी माग गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालबाट प्राप्त बजेटबाट तलब सुविधा भुक्तानी हुने गरी असार मसान्तसम्मका लागि ६० कर्मचारी माग गरेको हो।