काठमाडौं– कोरोना संक्रमणको दर बढ्दै जाँदा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार धादिङ र नुवाकोटमा समेत ५०० भन्दा बढी सक्रिय संक्रमित थपिएसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्लाको संख्या २२ पुगेको हो।
५०० भन्दा बढी सक्रिय संक्रमित हुनेमा प्रदेश १ को मोरङ, सुनसरी र झापा रहेको छ। यस्तै प्रदेश २ को धनुषा र पर्सामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ र नुवाकोटमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र कपिलवस्तुमा पनि ५०० भन्दा बढि सक्रिय संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि ५०० भन्दा बढि सक्रिय संक्रमित छन्।
यस्तै, देशभरका थप २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ को बारा, रौतहट, महोत्तरी, सर्लाही र सिरहामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।
बागमती प्रदेशको सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशको गोरखा, नवलपारी पूर्व, तनहुँ, म्याग्दी र स्याङ्जामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।
लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, अर्घाखाँची र गुल्मीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
यस्तै, कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको कंचनपुर, बैतडी, डडेल्धुरा, डोटी र अछाममा २०० भन्दा पनि सक्रिय संक्रमित रहेका छन्।