काठमाडौं– कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिएका वरिष्ठ चिकित्सक डा रणजीत कुमार झा गायक तथा संगीतकार पनि हुन्।
लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाएका छन्।
‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन। चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ।
उक्त गीतमा डा झाको स्वर सुन्न सकिन्छ भने शब्दहरु गिरिराज निरौलाले रचना गरेका हुन्।
गीतमा डा झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ।
गायक डा झाका अनुसार विदेशमा बसोबास गर्ने निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा झासहित सम्पूर्ण चिकित्सकहरुको वाध्यतालाई गीतमा उतारेका थिए।
हेरौं भिडियो